इक्यान कास्कीले शैक्षिक बहस (इडियू ३६०) गर्दै, मुख्य वक्तामा महानायक राजेश हमाल

पाेखरा | चैत २६, २०८०

इक्यान कास्कीले शैक्षिक बहस (इडियू ३६०) गर्दै,  मुख्य वक्तामा महानायक राजेश हमाल

पोखरा:       नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान)ले पोखरामा बृहत शैक्षिक बहस कार्यक्रम गर्ने भएको छ ।

 

इक्यान कास्कीले आज (सोमबारं पोखरामा पत्रकार सम्मेनल गर्दै चैत ३० गते शैक्षिक बहस कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । 


नेपाल शैक्षिक परामर्श संघ कास्कीका उपाध्यक्ष सन्तोष शाहीले चैत ३० गते पोखरामा शैक्षिक बहस कार्यक्रम आयोजना गरिएको बताए । ‘हामीले चैत ३० गते राष्ट्र निर्माणको लागि विश्वव्यापी शिक्षा विषयमा बहस गर्दै छौं’, उपाध्यक्ष शाहीले भने, ‘कार्यक्रममा तीन सेसन हुन्छ, पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो सेसनमा मुख्य वक्ताको विचार सुन्ने छौं जसमा मुख्य वक्तामा महानायक राजेश हमाल आउनुहुन्छ ।’


उनका अनुसार अन्य वक्तामा भने गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी,पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्राविधि संकाय (जीपास्ट)का कार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी, डीन प्रोफेसर डा. कपील अधिकारी र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई रहनेछन् ।


ग्लोवल एजुकेशनका विषयमा lशिक्षाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरु बीच स्वस्थ छलफल गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको (इक्यान) कास्कीका सचिव कमल बरालले बताए । 


कार्यक्रममा विश्व बजारमा शिक्षामा भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशिनुको कारण, गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिनिर्माणका विषयमा छलफल हुने बरालले बताए ।


बहस कार्यक्रममा विदेशमा अध्ययन गरी नेपाल फर्केकाहरुको समेत अनुभव सुन्न पाइने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए । 


कार्यक्रममा विद्यार्थी, अभिभावकलाईसमेत बोलाइएको छ । वैदेशिक अध्ययनको विषयलाई सकरात्मक तवरले बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले उल्लेख गरे ।


इक्यान कास्कीले यसअघि पनि विभिन्न शैक्षिक मेला गर्दै आएको छ । विद्यार्थीहरुको चाहनाअनुसार नै शैक्षिक मेलाको आयोजना हुने गरेको आयोजक संस्थाको भनाई छ । हाल इक्यान कास्कीमा मात्रै ४६ वटा शैक्षिक संस्था आबद्ध छन् । कार्यक्रम पोखरा सिटी स्कवायर बेनक्यूट न्यूरोडमा हुनेछ । 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्